National life
cg eloctronics

बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच साझेदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
637Shares
बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच साझेदारी
muktinatha bikash bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच शुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले रणनीतिक साझेदारी भएको छ ।

प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र चिरायु हस्पिटलका अपरेसन निर्देशक चन्द्रेश्वर एनआर वैद्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर समारोहमा प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा चिरायु हस्पिटलका व्यवसाय विकास अधिकारी वसन्त खनालको उपस्थिति थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो १ वर्ष समयावधिको सम्झौताले नेपालको स्वास्थ्य सेवाको आपूर्ति र वित्तीय सुरक्षाबीचको अन्तरलाई कम गर्दै कर्मचारी, अभिकर्ता, शेयरधनी तथा सर्वसाधारण समुदायलाई व्यापक लाभ पुर्‍याउने विश्वास र प्रतिबद्धता दुवै कम्पनीले जनाएका छन्। सम्झौताअनुसार चिरायु हस्पिटलले प्रभु महालक्ष्मी लाइफका कर्मचारी, अभिकर्ता, शेयरधनी तथा तिनका आश्रित परिवार सदस्यलाई विशेष छुट सुविधा प्रदान गर्नेछ।

चिरायु हस्पिटलले बेड चार्जमा १५ प्रतिशत, हस्पिटलभित्रको परीक्षण सेवामा १० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट दिनेछ । साथै, काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा र सिफारिस भएका बिरामीलाई सेवाअनुसार १० प्रतिशतदेखि २५ प्रतिशतसम्म विशेष छुट पनि प्रदान गरिने हस्पिटलले जनाएको छ।

everest bank

सम्झौता बमोजिम चिरायु हस्पिटलमा कार्यरत कर्मचारीलाई प्रभु महालक्ष्मी लाइफले विभिन्न बीमा योजना प्रदान गर्नेछ। बीमाको प्रिमियम चिरायु हस्पिटलले भुक्तान गर्नेछ । यस पहलले चिरायु हस्पिटलका कर्मचारीको वित्तीय सुरक्षा र सर्वाङ्गीण कल्याण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

गुणस्तरीय तथा सुलभ सेवा प्रदान गर्ने साझा उद्देश्यसहित स्थापित यस साझेदारीले स्वास्थ्य तथा बीमा क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत हुने विश्वास गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?