National life

बैंकिङ कसूर मुद्दाका फरार रहेको तामाङ काठमाडौँ टोखाबाट पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असार २०८२, सोमबार
522Shares
बैंकिङ कसूर मुद्दाका फरार रहेको तामाङ काठमाडौँ टोखाबाट पक्राउ
ncell

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। तेह्रथुमको फेदाप गाउँपालिका- १ लामथुम्बा स्थायी घर भई हाल टोखा नगरपालिका- ८ अर्याल बस्ती बस्ने ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोखा नगरपालिका- ८ अर्याल बस्तीबाट पक्राउ गरेको हो।

तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?