National life

बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन , वाणिज्यमा मात्रै १६ अर्ब निक्षेप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
472Shares
बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन , वाणिज्यमा मात्रै १६ अर्ब निक्षेप
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत सोमबार बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो।

उक्त दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १७ अर्बले बढेर ७१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् असार २२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ७१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो।

Royal Enfield
nic asia capital

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब रुपैयाँ थपिएर ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिनसम्म ६४ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा निक्षेप बढेर ६४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५५ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४९ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा १७ अर्ब निक्षेप थपिँदा चार अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढेको छ भने सिडि रेसियो घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?