National life
cg eloctronics

बैंकिङ प्रणालीमा एकै दिन ४३ अर्ब रुपैयाँ निक्षेप थपियो, कर्जा प्रवाहको सुस्तता कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
662Shares
बैंकिङ प्रणालीमा एकै दिन ४३ अर्ब रुपैयाँ निक्षेप थपियो, कर्जा प्रवाहको सुस्तता कायमै
muktinatha bikash bank

काठमाडौँ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जाँदा कर्जा प्रवाहमा सुस्तता देखिएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा एकै दिन ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने कर्जा प्रवाह भने २ अर्ब मात्रै भएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ७२ खर्ब माथि पुगेको छ । केन्द्रीय बैंकको असार २५ गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७२ खर्ब ३७ अर्ब पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो असार २४ गतेको भन्दा ४३ अर्ब रुपैयाँले धेरै हो। असार २४ गते बैंक तथा वित्तीय संस्थाहरूमा ७१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह भने जम्मा २ अर्ब रुपैयाँले बढेको छ।

everest bank

असार २४ गतेसम्म ५५ खर्ब ८९ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका बैंकहरुले असार २५ गतेसम्म आइपुग्दा ५५ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?