National life
cg eloctronics

बैंक वित्तीय संस्थाको कर्जा लगानीमा सुधार , ११ महिनामा निजी क्षेत्रमा ४ खर्ब ७ अर्ब कर्जा प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
522Shares
बैंक वित्तीय संस्थाको कर्जा लगानीमा सुधार , ११ महिनामा निजी क्षेत्रमा ४ खर्ब ७ अर्ब कर्जा प्रवाह
ncell

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम समयसम्म आउदाँ बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार देखिएको छ। पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा बृद्धि आएको हो ।

चालु आव ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आव जेठसम्म यस्तो कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आव सोही अवधिको कर्जा वृद्धि वार्षिक बिन्दुगत आधारमा २०८२ जेठ मसान्तमा ८.७ प्रतिशत बढेको हो । २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

गत आवको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत थियो । चालु आव जेठसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरूको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशत बढेको छ।

चालु आव २०८१/८२ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२.९, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ५.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १३.५, सेवा उद्योग क्षेत्रतर्फ ८.८ र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशत बढेको छ।

nic asia capital

२०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४.५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६५ प्रतिशत छ ।

चालु आव सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४२.८, ट्रस्ट रिसिट (आयात) कर्जा ६२.२, हायर पर्चेज कर्जा ५.५, नगद प्रवाह कर्जा ०.६ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.० प्रतिशतले बढेको छ

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?