National life
cg eloctronics

बैंक वित्तीय संस्थाहरूको अन्तर बैंक कारोबारमा ५८.६ % ले गिरावट, ११ महिनामा कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असार २०८२, बुधबार
606Shares
बैंक वित्तीय संस्थाहरूको अन्तर बैंक कारोबारमा ५८.६ % ले गिरावट, ११ महिनामा कारोबार कति ?
muktinatha bikash bank

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूको अन्तर बैङ्क कारोबारमा भारी गिरावट आएको छ ।

केन्द्रीय बैंकले मङ्गलवार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा अन्तर बैङ्क कारोबारमा ५८.६ प्रतिशतले गिरावट आएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरुले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र अन्य वित्तीय सस्थाहरुले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको अन्तरबैंकिङ्ग कारोबार गरेका छन् । यो विवरण अनुसार कुल अन्तर बैङ्क कारोबार १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा वाणिज्य बैंकहरुले ३७ खर्ब १ अर्ब ४३ करोड रुपैयाँ र अन्य वित्तीय सस्थाहरुले ३ खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँको अन्तर बैङ्क कारोबार गरेका थिए। उक्त विवरण अनुसार गत आवको ११ महिनामा जम्मा अन्तबैंक कारोबार ४० खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको थियो ।

everest bank

अन्तरबैंकिङ कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटेसँगै कारोबार रकम पनि बढ्ने अपेक्षा गरिएको छ । अन्तरबैंकिङ कारोबारमा भ्याटको प्रावधान लागू भएपछि जनस्तरबाट चर्को आलोचना भएको थियो।

आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कारोबारको सेवा शुल्कमा लाग्दै आएको भ्याट हटाउने प्रतिबद्धता जनाएका थिए । सोहीअनुसार बजेटमार्फत् भ्याटको प्रावधान हटाइएको हो ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?