National life

भाटभटेनी र बिगमार्टले अरूद्वारा उत्पादित वस्तुमा आफ्नो लेबल लगाउन नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
481Shares
भाटभटेनी र बिगमार्टले अरूद्वारा उत्पादित वस्तुमा आफ्नो लेबल लगाउन नपाउने
ncell

काठमाडौँ । अबदेखि भाटभटेनी सुपरमार्केट र बिगमार्टले अरूले उत्पादन गरेका वस्तुमा आफ्नो लेबल लगाउन नपाउने भएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुवै स्टोरहरूलाई उक्त निर्देशन दिएको हो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने व्यवस्था छ।

सोअनुसार विभागले दुवै स्टोरलाई वैशाख १२ गते निर्देशन दिएका हो।

Royal Enfield
nic asia capital

विभागले भनेको छ, ‘कम्पनीले उत्पादन गरेका वस्तुहरुमा मात्र कम्पनीबाट लेबल लगाउने तर अन्य आयातकर्ताबाट आयात भई आएका वस्तुहरूमा आयातकर्ताबाट लेबल लगाएको वस्तु खरिद गरेर मात्र बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन निर्देशन भएको छ।’

उक्त निर्देशन १२ गतेदेखि नै पालना गरेको दुवै स्टोरहरूले जनाएका छन्। विभागका अनुसार आयातकर्ताको लेबल भएको वस्तु मात्र उक्त स्टोरहरुमा भित्रिने गरी निर्देशन पालना गर्ने प्रतिबद्धता भाटभटेनी र बिगमार्टले जनाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?