National life

मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिएको सिबिफिनको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
589Shares
मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिएको सिबिफिनको दाबी
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रशंसा गरेको छ। सिबिफिनले मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरूको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै आगामी वर्षको बजेट आएको भन्दै प्रशंसा गरेको हो ।

सिबिफिनले आगामी मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरूले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकास्ने काम भएको भन्दै केन्द्रीय बैंकलाई धन्यवाद ज्ञापन गरेको छ ।

‘यसले आर्थिक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको छ’, सिबिफिनको दाबी छ ।

Royal Enfield
nic asia capital
बैंक तथा वित्तीय संस्थाहरूले पुँजीकोषमा दबाब झेलिरहनु परेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजी कोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहज रुपमा प्राप्त हुने सिबिफिनको अपेक्षा छ।

त्यस्तै, निष्क्रिय खराब कर्जासहित गैरबैंकिङ सम्पत्ति बढ्दै गएको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापनाका लागि तत्काल आवश्यक ऐन र नियमको मस्यौदा तर्जुमा गर्ने, बजार चलायमान बनाउनका लागि आवासीय घर कर्जा र सेयर धितो मार्जिन कर्जाको सीमा वृद्धि, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकताअनुसार परिमार्जन गर्ने, विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकताअनुसार पुनरावलोकन गर्ने, कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन गर्ने र सुदृढ, दिगो र वास्तविक अर्थतन्त्रको निर्माणको जग बसाल्ने सिबिफिनले विश्वास राखेको उल्लेख गरेको छ।

साथै, सम्पत्ति शुद्धीकरण निवारणका रणनीति तथा कार्य योजनाको पूर्ण कार्यान्वयनका गरिने सहितका अन्य महत्त्वपूर्ण सुधारमुखी व्यवस्थाहरू र ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ जस्तो चेतनामूलक एवं सेवाग्राहीमैत्री कार्यक्रमको व्यावहारिक कार्यान्वयनले आर्थिक एवं बैंकिङ क्षेत्रको दिगो विकास सहितलगानी प्रवर्द्धन तथा विस्तार, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रको विकास, युवा जनशक्तिको परिचालन तथा उपयोग, उत्पादकत्व अभिवृद्धि, नवउद्यमशीलता एवं नवप्रवर्तनको विकास, रोजगारी सृजना, नेपाली वस्तु तथा सेवाको उपभोग तथा निर्यात प्रवर्द्धनमा जोड दिनेमा सिबिफिन आशावादी रहेको बताएको छ ।

त्यस्तै, हरित लगानी जस्ता विषयमा केन्द्रित रहेर दिगो बैंकिङ विकाससहित वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुनका लागि मुलुकको धरातलीय यथार्थको अध्ययन–अनुसन्धानसहित वर्तमान आवश्यकता, औचित्य र अपेक्षाहरूमा केन्द्रित रही सिबिफिनले बुझाएका तर जारी मौद्रिक नीतिमा समेटिन नसकेका कतिपय महत्त्वपूर्ण सुझावहरू आगामी निर्देशन र समीक्षामार्फत क्रमशः सम्बोधन हुँदै जाने विश्वाससहित मौद्रिक नीतिले अंगिकार गरेका नीतिहरूको प्रभावकारी एवं नतिजामूलक कार्यान्वयनमा सिबिफिन सदैव निकट सहयोगी बनेर सहकार्य र सहयोग गर्ने सिबिफिनले प्रतिबद्धता जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?