काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रवार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
विदेशी विनियम व्यवस्थापन वित्तीय क्षेत्र सुधार एवं नियमन,भुक्तानी प्रणाली, लघुवित्त वित्तीय पहुँच एवं ग्राहक संरक्षण र सम्पत्ति शुद्धीकरण निवारणलगायतका नीति तथा कार्यक्रमहरू मौद्रिक नीतिमा समावेश गरिएको गभर्नर पौडेलले बताए।
गभर्नर पौडेलले रेमिट्यान्स, निर्यात बढ्दा विदेशी विनिमय सञ्चिति बढेको बताएका छन् । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

































