National life

यी ८ प्रकारका बिरामीले पाउने छन् साउनदेखि २ लाख बराबरको उपचार सहायता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असार २०८२, बुधबार
465Shares
यी ८ प्रकारका बिरामीले पाउने छन् साउनदेखि २ लाख बराबरको उपचार सहायता
ncell

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका जोकोहीले अब पहिलेको तुलनामा  दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले स्वास्थ्य बीमामार्फत अब दुई लाख रुपैयाँसम्मको उपचार प्राप्त गर्न सक्ने जानकारी दिएका छन् ।

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ १ साउनबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौँ,’ मन्त्री पौडेलले भनेका छन् ।

बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री पौडेलले अब क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले उक्त सुविधा प्राप्त गर्न सक्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?