काठमाडौँ । राजावादीको हुलदङ्गामा भएको क्षतिमा झण्डै ४ करोड २१ लाख रुपैयाँको बिमा दाबी परेको छ। नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको क्षतिमा जेठ २८ गतेसम्म ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेको हो।
नेपाल बिमा प्राधिकरणका अनुसार ५० वटा बिमा दाबीमार्फत उल्लिखित रकम बराबर बिमा दाबी परेको हो। प्राधिकरणका अनुसार हालसम्म २४ वटा निजी गाडी, २१ वटा घर तथा व्यवसाय (सम्पत्ति), १ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम र अन्य २ वटा गरी कुल ५० वटा दाबी परेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्राधिकरणका अनुसार असोज दोस्रो साता आएको बाढी पहिरोले पुर्याएको क्षतिमा जेठ २८ गतेसम्म ३ हजार ७१२ वटा आवेदन (दाबी) बाट १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो । यसअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ ।
यसमा २ करोड ५३ लाख ८८ हजार रुपैयाँ बराबरको दाबी परेको हो । मोटर बिमामा १ करोड ३५ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिमको १ दाबीमा ५ लाख र विविधमा १० लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । हालसम्म परेका दाबीमध्ये १ करोड ५८ लाख रुपैयाँ भुक्तानी भइसकेको पनि प्राधिकरणले जनाएको छ ।
त्यस्तै, असोज दोस्रो साता आएको बाढी पहिरोले पुर्याएको क्षतिमा जेठ २८ गतेसम्म ३ हजार ७१२ वटा आवेदन (दाबी) बाट १२ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो । हालसम्म बिमा कम्पनीहरूले ४ अर्ब ८७ करोड बराबरको मात्र दाबी भुक्तानी गरेका छन्।
प्राधिकरणका अनुसार १४ निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनी सहित कूल १८ वटा निर्जीवन बीमा कम्पनीले उक्त दाबी भुक्तानी दिएका हुन् । जसमध्ये सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सले १ अर्ब ६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यसैगरी, शिखर इन्सुरेन्सले ५६ करोड २५ लाख भुक्तानी दिएको छ ।







































