National life

राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न कर्मचारीलाई अर्थमन्त्रीकाे निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
448Shares
राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न कर्मचारीलाई अर्थमन्त्रीकाे निर्देशन
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री डा. महतले आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई यस्तो आग्रह गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा. महतले आग्रह गरे ।

डा. महतले भने, ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन, अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’

मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिए । स्याउ, आलु र प्याजमा पनि कर लागेको तर त्यो भन्सारमा मात्र लाग्ने बताउँदै उनले भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्ने बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?