National life

राष्ट्रबैकद्वारा नमस्ते रेमिट सहित तीन विप्रेषण कम्पनीको इजाजत पत्र खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
486Shares
राष्ट्रबैकद्वारा नमस्ते रेमिट सहित तीन विप्रेषण कम्पनीको इजाजत पत्र खारेज
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरू इजाजत पत्र खारेज गरेको छ । विप्रेषण कारोबारका लागि इजाजत पत्र प्राप्त नमस्ते रेमिट इन्टरनेशनल, मोडर्न रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफर गरी ३ वटा कम्पनीको इजाजत पत्र राष्ट्र बैंकले खारेज गरिदिएको हो ।

यी तीन कम्पनीहरूको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधन सहित)को विनियम (१३ को उप) विनियम (५) बमोजिम खारेज गरिएको केन्द्रीय बैंकले एक सूचना मार्फत जानकारी गराएको छ ।

विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा देहायमा उल्लेखित विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?