National life

राष्ट्र बैंकद्वारा १३ कर्मचारीलाई बढुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
2.2kShares
राष्ट्र बैंकद्वारा १३ कर्मचारीलाई बढुवा
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन सेवाअन्तर्गत सहायक निर्देशक (अधिकृत तृतीय) पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा १३ जना कर्मचारीलाई बढुवा गरेको छ । मानव संसाधन व्यवस्थापन विभागद्वारा प्रकाशित सूचना अनुसार विभिन्न विभाग तथा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सहायक निर्देशक पदमा बढुवा गरिएको हो ।

बढुवा हुने कर्मचारीहरूमा शान्ति दंगाल, हरि प्रसाद भण्डारी, ललित कार्की, टिकाराम ढकाल, रामकुमार चौधरी, बिबेक देबकोटा, कृति ओझा, होम बहादुर काउचा, दल बहादुर थापा, अर्जुनराज तिवारी, वीरबहादुर जयसवाल, कमला आचार्य र सुवासचन्द्र चौधरी रहेका छन् ।

बढुवा सूचीमा रहेका कर्मचारीहरू बैंकिङ विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक, धनगढी कार्यालय, बैंक तथा वित्तीय संस्था नियमन विभाग, आन्तरिक लेखापरीषण विभाग, बैंकर्स प्रशिक्षण केन्द्र, वित्तीय संस्था सुपरिवेक्षण विभागलगायतका कार्यालयमा कार्यरत रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बढुवाको योग्यताक्रमको अन्तिम उम्मेदवारले कुलमा १८३.११ अंक प्राप्त गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?