National life

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
434Shares
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन
ncell

काठमाडौं । भारतको प्रतिष्ठित औदयोगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप सँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्यूमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) दद्वारा उत्पादित अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो । क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपिएल जस्ता इभेन्टहरु स्पन्सर गर्दै आएको छ।

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसंगका व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ । सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरे पश्चात रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरी एकपटक लोकप्रिय कोल्ड ड्रिंक ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड हो।

"चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउदा हामी अत्यन्त उत्साहित छौं,' आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, 'क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले घरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ। हामी नेपालमा दीर्घकालीन लगानीको सोच सहित आएका छौं। रेशन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो।

साथै, क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो। अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । यो ब्रान्डले नेपाली युवाको 'अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता' को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीहरुले लिएका छन्।

कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन्। २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य रु.३० रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य रु. ४० रहेको छ । रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशकालागि गौरवको विषय रहेको बताए । “यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिनेछ। हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौं,” चौधरीले भने ।

• रिलायन्स कन्ज्यूमर प्रोडक्ट्स लिमिटेड

रिलायन्स कन्ज्यूमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) रिलायन्स इन्डस्ट्रीज लिमिटेडको एफएमसीजी कम्पनी सन्तुष्तिमा जोड दिँदै, आरसीपीएलले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरूलाई स्थानीय आवश्यकता र हो । यस कम्पनीको उद्देश्य उपभोक्ताको दैनिक जीवनलाई सहज र सशक्त बनाउनु हो । नवप्रवर्तन र उपभोक्ता स्वाद अनुसार तयार पारी विक्रिवितरण गर्दै आएको छ।

यी उत्पादनमा सबैको पहुँच हुने गरी उचित मूल्यमा उपलब्ध गराइन्छ । रिलायन्स इन्डस्ट्रीजको भरपर्दो संरचना र विश्वासको आधारमा आरसीपीएलले उपभोक्ताको परिवर्तनशील आवश्यकतालाई सम्बोधन गर्ने उदेश्य राखेको छ । यसले समुदायसँग लामो समयसम्मको सम्बन्ध बनाउने र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको छ । आरसीपीएलले घरपरिवार र समुदायहरूको विविध आवश्यकतालाई सम्बोधन गर्दै, विश्वस्तरीय, भरपर्दो र मूल्यमा आधारित उत्पादनहरू प्रदान गर्दै आएको छ।

चौधरी ग्रुप नेपालको सबैभन्दा ठूलो तथा अग्रणी व्यवसायिक समूह हो, जसअन्तर्गत विश्वबजारमा २०२ भन्दा बढी कम्पनीहरू र २६१ ब्रान्डहरू क्रियाशील छन् । विश्वभर २० हजार भन्दा बढी कर्मचारीको बलमा अघि बढिरहेको यस समूह नेपालको एकमात्र बहुरास्ट्रीय कम्पनी हो हो। खाद्य तथा पेयपदार्थ, वित्तीय सेवा, शिक्षा, पूर्वाधार, अटोमोबाइल, सूचना तथा प्रबिधि, रियल इस्टेट र अतिथ्यता जस्ता क्षेत्रहरूमा आफ्नो दख्खल जमाउँदै आएको चौधरी ग्रुपले उपभोक्ताको आवश्यकतालाई बुझेर सुरक्षित, प्रभावकारी र विश्वस्तरीय सेवा तथा उत्पादनहरू प्रदान गर्दै आएको छ । नेपाललाई विश्वमा चिनाउने तथा देशको समग्र विकासमा योगदान पुऱ्याउने अठोटसहित चौधरी ग्रुपले नेपालमा विभिन्न क्षेत्रहरूमा लगानी गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?