National life

रेमिटेन्स आप्रवाहमा १८.८ % ले वृद्धि ,सात महिनामा ९ खर्ब बढी रेमिट्यान्स भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
520Shares
रेमिटेन्स आप्रवाहमा १८.८ % ले वृद्धि ,सात महिनामा ९ खर्ब बढी रेमिट्यान्स भित्रियो
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको माघ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) ७.३ प्रतिशतले बढेको छ।

केन्द्रीय बैंकले आज प्रकाशन गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहको तुलनामा १८.८ प्रतिशतले बढेको हो ।

Royal Enfield
nic asia capital

यता,अमेरिकी डलरमा विप्रेषण पनि ५.३ प्रतिशतले बढेर ६ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।

साथै, यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ८८६ जना रहेको छ ।

समीक्षा अवधिमा नेपालका कुल द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कुल आय ९ खर्ब १० अर्ब ७७ करोड थियो।

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?