National life

वाणिज्य बैंकले तलब भत्तामा खर्चिए ५३ अर्ब रुपैयाँ बढी रकम, कुन बैंकले कति खर्चिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असार २०८२, सोमबार
495Shares
वाणिज्य बैंकले तलब भत्तामा खर्चिए ५३ अर्ब रुपैयाँ बढी रकम, कुन बैंकले कति खर्चिए ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरूले कर्मचारीको तलब भत्तामा ५३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म बैंकहरूले ५३ अर्ब १३ करोड ३१ लाख रुपैयाँ तलब भत्तामा खर्चिएका छन् ।

अघिल्लो वर्ष यही अवधिसम्म यो खर्च ५० अर्ब १६ करोड ४९ लाख रुपैयाँ थियो। यो वर्ष बैंकहरूको तलब भत्ता खर्च ५.९२ प्रतिशतले बढेको छ।

Royal Enfield
nic asia capital
सबैभन्दा बढी खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। वाणिज्य बैंकहरुले चालु आवको ११ महिनामा ३ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ तलब भत्तामा खर्च गरेको छ।

बैंकहरुले अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब ९३ करोड ६९ लाख खर्च गरेकोमा यस वर्ष १ प्रतिशतले घटेको छ। दोस्रो धेरै खर्च गर्ने कुमारी बैंकले ३ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा कुमारीको खर्च ३.०८ प्रतिशतले घटेको हो।

त्यस्तै, तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षको तुलनामा ४.७७ प्रतिशतले बढी ३ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ। सोही अवधिमा , लक्ष्मी सनराइज बैंकले ३ अर्ब ५३ करोड ७७ लाख, प्रभु बैंकले ३ अर्ब ४६ करोड ८ लाख, नेपाल बैंकले ३ अर्ब ४५ करोड १३ लाख, कृषि विकास बैंकले ३ अर्ब ३८ करोड २१ लाख, नबिल बैंकले ३ अर्ब ३३ करोड १० लाख र एनआईसी एशिया बैंकले ३ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खर्च गरेका छन्।

११ महिनाको अवधिमा नबिल बैंक र एनआईसी एशिया बैंकको खर्च अघिल्लो वर्षको तुलनामा घटेको हो भने अन्य बैंकहरूको खर्च बढेको देखिन्छ। हिमालयन बैंकले २ अर्ब ९७ करोड ७६ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ९२ करोड १४ लाख, एनएमबि बैंकले २ अर्ब ६३ करोड ९७ लाख, सिद्धार्थ बैंकले २ अर्ब ५१ करोड ५८ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ९१ करोड ८४ लाख र एभरेस्ट बैंकले १ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ खर्च गरेका छन्।

त्यस्तै, सिटिजन्स बैंकले १ अर्ब ५८ करोड ३ लाख, प्राइम बैंकले १ अर्ब ५६ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ५३ करोड २८ लाख, सानिमा बैंकले १ अर्ब ४९ करोड ११ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९६ करोड २० लाख रुपैयाँ तलब भत्तामा खर्च गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?