National life

विकास बैंकहरुको नाफामा १३.८१ % ले वृद्धि : मुक्तिनाथ अग्रस्थानमा, अन्य बैंकको कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
564Shares
विकास बैंकहरुको नाफामा १३.८१ % ले वृद्धि : मुक्तिनाथ अग्रस्थानमा, अन्य बैंकको कति ? 
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा विकास बैंकहरुले ५ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा विकास बैंकहरुको नाफामा सुधार देखिएको छ ।

गत आवको ११ महिनामा विकास बैंकहरुले ४ अर्ब ६५ करोड ७३ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए। त्यसकारण यस वर्षको नाफा गत आवको सोही अवधिको तुलनामा १३.८१ प्रतिशत धेरै हो ।

Royal Enfield
nic asia capital
यस अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ। यस बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, सोही अवधिमा गरिमा विकास बैंकले १ अर्ब १ करोड, शाइन रेसुङ्खा डेभलपमेन्ट बैंकले ७३ करोड ८८ लाख, कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख, महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन्।

यता, ज्योति विकास बैंकले ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख, मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३५ लाख, सिन्धु विकास बैंकले ८ करोड ६ लाख, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ७५ लाख, र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको तथ्यांमा उल्लेख छ ।

साथै चालु आवको ११ महिनाको अवधिमा बढी घाटा बेर्होनेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ। यस बैंकले ७ करोड १३ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकले ७ करोड ५ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६४ लाख रुपैयाँ घाटा बेहोरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?