National life
cg eloctronics

 विप्रेषण आप्रवाहमा १५.५ प्रतिशतले वृद्धि , ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड भित्रियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
535Shares
 विप्रेषण आप्रवाहमा १५.५ प्रतिशतले वृद्धि , ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड भित्रियो
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह ९रेमिट्यान्स० १५.५ प्रतिशतले बढेको छ।

यस अवधिमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले मङ्गलवार जारी गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७२ प्रतिशतले बढेको थियो। त्यस्तै, २०८२ जेठको विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। यस खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख आठ हजार ६७ छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?