National life

वैदेशिक रोजगार बीमा व्यापारबाट जीवन बीमकले भित्र्याए ३ अर्ब बढी रकम, कुनले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असार २०८२, सोमबार
882Shares
वैदेशिक रोजगार बीमा व्यापारबाट जीवन बीमकले भित्र्याए ३ अर्ब बढी रकम, कुनले कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले ३ अर्ब १९ करोड रुपैयाँ बढी भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार जेठसम्म ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २५ लाख ४० हजार ९५८ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर ३ अर्ब १९ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्राधिकरणका अनुसार सन नेपाल लाइफको हिस्सा ३०.८९ प्रतिशत रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वैदेशिक रोजगार बीमालेख जारी गरेर यो कम्पनीले चालु आर्थिक वर्षको जेठसम्म ९८ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै, एसियन लाइफले बीमालेख बिक्री गरेर ८९ करोड ५८ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ। यो बीमा व्यवसायको कुल व्यापारमा एसियन लाइफको हिस्सा २८.०६ प्रतिशत रहेको छ।

साथै, तेस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। यस कम्पनीको हिस्सा ७.१० प्रतिशत रहेको छ। कम्पनीले जेठसम्म २२ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिमा आइएमई लाइफले २२ करोड ५० लाख रुपैयाँ  नेसनल लाइफले १८ करोड ३ लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले १५ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यी कम्पनीहरूको क्रमशः ७.०५ प्रतिशत, ५.७५ प्रतिशत, र ४.९४ प्रतिशत हिस्सा रहेको छ।

त्यस्तै,चालु आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै सिटिजन लाइफले १३ करोड ६९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १२ करोड ६१ लाख रुपैयाँ, सूर्य ज्योति लाइफले ११ करोड १ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १० करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।

यसैगरी  लिबर्टी माइक्रो लाइफले २ करोड ३८ लाख रुपैयाँ, हिमालयन लाइफले ८९ लाख ८० हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले ४० लाख ३९ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ११ लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
882SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?