National life

व्यवसायीको आन्दोलन पश्चात् सुनको मूल्यमा लगातार गिरावट, कति छ तोलाको ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
621Shares
व्यवसायीको आन्दोलन पश्चात् सुनको मूल्यमा लगातार गिरावट, कति छ तोलाको ?
ncell

काठमाडौँ। नेपाली बजारमा लगातार ओरालो लागेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । स्थानीय बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको भाउ भने बढेको छ। चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । यता, सुन व्यवसायीहरूले सरकारसँग सुनमा लगाइएको २ प्रतिशत विलासिता कर तत्काल फिर्ता लिन माग गर्दै आन्दोलन गरेका छन् ।

उनीहरूले उक्त करले मूल्य वृद्धि बढाउनुको साथै व्यवसायमै संकट ल्याएको भन्दै “जनताको मागलाई सम्बोधन गर्न” सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी संघ र विभिन्न व्यापारी समूहहरू सरकारसँग निरन्तर संवादमा छन्।

कसरी गरिन्छ सुनको मूल्य निर्धारण ?

हरेक दिन बिहान ११ बजेसम्म नेपाली बजारमा सुनको मूल्य निर्धारण भइसक्छ । मूल रूपमा न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर सुनको मूल्य तय हुने गर्दछ। साथै, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तय गर्छ।’

नेपाली समय अनुसार बिहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणन फलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ।

अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्छन् यसरी नेपालमा सुनको मूल्य निर्धारण हुने गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?