National life

शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको सटही दर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० जेठ २०८२, शुक्रबार
574Shares
शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको सटही दर
ncell

काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (जेठ ३० गते शुक्रबार) १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ २७ पैसा कायम भएको हो ।

Royal Enfield
nic asia capital
यस्तै खरिददर १३६ रुपैयाँ ६७ पैसा छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ १२ पैसा र खरिददर १३६ रुपैयाँ ५२ पैसा कायम रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ १४ पैसा रहेको छ भने खरिददर १५८ रुपैयाँ ४५ पैसा रहेको छ । बिहीबार १ युरोको बिक्रीदर १५६ रुपैयाँ ७० पैसा र खरिददर १५६ रुपैयाँ २ पैसा कायम भएको थियो ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा र खरिददर १८५ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५६ पैसा र खरिददर ९ रुपैयाँ ५२ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०० रुपैयाँ २६ पैसा र बिक्रीमा १०० रुपैयाँ ७० पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुवेती दिनारको खरिद दर ४४६ रुपैयाँ ७५ पैसा र बिक्री दर ४४८ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । बहरिनी दिनार १ को खरिद दर ३६२ रुपैयाँ ४० पैसा र बिक्री दर ३६४ रुपैयाँ रहेको छ। ओमानी रियालको खरिद दर ३५४ रुपैयाँ ९७ पैसा र बिक्री दर ३५६ रुपैयाँ ५३ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?