काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सन्तोष प्रसाईले पाएका छन् । हाल सोही कम्पनीको निमित्त कार्यकारी सीईओका रुपमा कार्यरत रहेका प्रसाईले सीईओको जिम्मेवारी पाएका हुन् ।
चाटर्ड एकाउण्ट (सीए) विषय अध्ययन गरेका उनीसँग बीमा क्षेत्रको नियमनकारी निकाय (नेपाल बीमा प्राधिकरण), नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, तत्कालिन प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा पनि काम गरेको अनुभव छ । तत्कालिन प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरमा गएर सीईओको जिम्मेवारी पाएका रमेश कुमार भट्टराई पदबाट बाहिरीएसँगै उक्त रिक्त पदमा प्रसाई नियुक्त भएका हुन् ।
बीमा प्राधिकरणको प्रावधान अनुसार उनलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले प्रसाईलाई नियुक्ती दिएको हो ।





































