National life

सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
533Shares
सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?
ncell

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा मुनाफा सरिक हुने गरी प्रतिवर्ष प्रतिहजारका दरले नयाँ बोनसदर सार्वजनिक गरिएको हो।

नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम २३ रुपियाँदेखि अधिकतम ८० रुपियाँसम्म बोनस दर पाउने भएका छन् । ‘सनलाइफ सावधिक जीवन बीमालेख’ योजना अन्तर्गत बिमितले प्रतिवर्ष प्रतिहजार न्यूनतम ३० रुपियाँदेखि अधिकतम ६५ रुपियाँसम्म बोनसदर पाउने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै ‘भाग्योदय जीवन बीमा’ योजनामा कम्पनीले बिमितलाई न्यूनतम ३० रुपियाँ र अधिकतम ५५ रुपियाँ बोनस दिने घोषणा गरेको छ । कम्पनीको ‘बाल समृद्ध जीवन बीमा’का बिमितले न्यूनतम ३० रुपियाँ र अधिकतम ५५ रुपियाँ पाउनेछन् ।

त्यस्तै , ‘सावधिक सुनौलो जीवन बीमा’ र ‘सुनौलो बाल समृद्ध जीवन बीमा’मा बिमितले प्रतिवर्ष प्रतिहजारका दरले न्यूनतम ३० रुपियाँदेखि अधिकतम ५२ रुपियाँ बोनसदर पाउनेछन् ।

कम्पनीका अनुसार ‘नवीन आजीवन जीवन बीमालेख’अन्तर्गत बिमितले न्यूनतम ३८ रुपियाँ र अधिकतम ८० रुपियाँसम्म बोनसदर पाउने छन् । यता, कम्पनीले ‘१५ वर्षे सार्थक आजीवन जीवन बीमालेख’मा ३९, ‘धनधान्य जीवन बीमालेख’मा न्यूनतम २३ र अधिकतम २५ रुपियाँ, ‘धनलक्ष्मी जीवन बीमालेख’मा २३ रुपियाँ र ‘धनञ्जय जीवन बीमालेख’मा बीमा अवधिअनुसार प्रतिवर्ष प्रतिहजार न्यूनतम २३ र अधिकतम २५ रुपियाँ बोनसदर तोकेको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?