काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका वरिष्ठ प्रहरी अधिकृत तथा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थितिमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न रहेको थियो ।
उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले “सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भूमिकामा रहँदै आएको सुरक्षा निकाय हो र बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ, त्यसैले यस अभियानमार्फत विपद्पछिको मात्र होइन, पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नुपर्दछ भनेर कम्पनीले आपत्कालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्देश्यका साथ उक्त सामाग्री उपलब्ध गरिएको जानकारी दिएका छन् ।
साथै भविष्यमा आवश्यकता अनुसार सहकार्य गर्दे जान सकिने जानकारी गराएका छन् ।





































