National life

समय भएसम्म आजै लामिछाने विरुद्ध अर्को मुद्दा दायर गर्ने तयारीमा छौ: सरकारी वकील कार्यालय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
625Shares
समय भएसम्म आजै लामिछाने विरुद्ध अर्को मुद्दा दायर गर्ने तयारीमा छौ: सरकारी वकील कार्यालय
ncell

काठमाडौँ । रुपन्देहीमा आज रवि लामिछाने विरुद्ध अर्को मुद्दा दायरको तयारी भएको छ।  हिजो बेलुकी (बुधवार) मात्रै जिल्ला अदालत काठमाडौँबाट ६० लाख धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने विरुद्ध बिहीबार जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दायर हुने भएको हो।

बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा प्रतिवादी बनाएर लामिछाने विरुद्ध अर्को मुद्दा दायर हुन लागेको हो । पोखराको सूर्यदर्शन तथा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा उनी धरौटीमा छुटिसकेका छन्। रुपन्देहीमा लामिछाने लगायत विरुद्ध पूरक अभियोग दायर हुन लागेको हो। सो सहकारीको ठगीमा मूल अभियोग गत वर्ष नै दायर भइसकेको छ तर मूल मुद्दामा लामिछाने प्रतिवादी छैनन्।

Royal Enfield
nic asia capital

सहायक जिल्ला न्यायाधिवक्ता गोकर्णराज घिमिरेका अनुसार सकेसम्म आज वा भोली (शुक्रवार) सम्म सुप्रिम सहकारीको मुद्दामा अदालतमा दर्ता गरिने बताए। प्रहरीले रविविरुद्ध दुई करोड १० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ। यी मुद्दामा रवि आफैँ उपस्थित हुने सुविधा राज्यले दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?