National life

सम्पत्ति बिमालेख जथाभाबी जारी गर्ने कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ माघ २०८०, मङ्गलबार
524Shares
सम्पत्ति बिमालेख जथाभाबी जारी गर्ने कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी
ncell

काठमाडौं । नेपाल बिमा प्राधिकरणले सम्पत्ति बिमा निर्देशन, २०८० विपरित सम्पत्ति बिमा गराउने बिमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै सम्पत्ति बिमा निर्देशन २०८० पालना गर्न निर्देशन दिएको हो ।

निर्जीवन बिमा कम्पनीहरुले सम्पत्ति बिमा निर्देशन, २०८० बिपरित मोटर बिमालेख, सामुन्द्रिक बिमालेखसहित ७ प्रकारका बिमालेख अन्तर्गत रक्षावरण हुने जोखिमका लागिसमेत सम्पत्ति बिमालेख जारी गरेको भन्दै प्राधिकरणले नगर्न चेतावनी दिएको हो ।

सम्पत्ति बिमा निर्देशन,२०८० को निर्देशन नं।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
५ को ४ अन्र्तगत निर्जीवन बिमा कम्पनीहरुले मोटर बिमालेख, सामुन्द्रिक बिमालेख, हवाई बिमालेख, इन्जिनियरिङ बिमालेख, कृषि पशुंपक्षी तथा जडिबुटी बिमालेख, नगद तथा मार्गस्थ बिमालेख र बैंकर्स को क्षतिपूर्ति बीमालेख लगायतका विविध बिमा अन्तर्गत रक्षावरण हुने जोखिमको लागि सम्पत्ति बिमालेख जारी गर्न नपाउने व्यवस्था छ ।
तर केहि निर्जीवन बिमा कम्पनीहरुले यस्तो खालको बिमालेख जारी गरेको पाएपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै कारबाही अगाडि बढाउने बताएको हो ।
प्राधिकरणले सम्पत्ति बिमा निर्देशन, २०८० बिपरित गएर बीमालेख जारी गर्ने कम्पनीलाई बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?