काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी पीडितहरूले मंसिर ५ गतेदेखि गर्ने काठमाडौँ केन्द्रित आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाएका हुन् ।
रास्वपाले बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नागरिकहरूमा आग्रह समेत गरेको छ ।
‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्दैछन् ।




































