काठमाडौँ । साउन महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् । अधिकांश बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएका छन् ।
असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् ।
असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ । असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् ।
राष्ट्र बैंकले गत शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गरेको थियो। त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारेको छ। यसले बैंकहरूको ब्याजदर घटाउन दबाब पुगेको देख्न सकिन्छ ।
| बैंकहरु | असार महिना व्याजदर % | साउन महिना व्याजदर % |
| कृषि विकास | ५.४५ | ५.४० |
| एभरेस्ट | ६.५५ | ६.२५ |
| नेपाल | ५.४५ | ५.४० |
| लक्ष्मी सनराइज | ५.७५ | ५.५० |
| माछापुच्छ्रे | ६.०० | ६.०० |
| एनआईसी एसिया | ६.५५ | ६.२५ |
| प्रभु | ६.१० | ४.२५ |
| स्टान्डर्ड चार्टर्ड | ६.२५ | ६.२६ |
| राष्ट्रिय वाणिज्य | ६.०० | ५.५० |
| नबिल | ५.७५ | ५.५० |
| ग्लोबल आईएमई | ६.०० | ६.०० |
| सिद्धार्थ | ५.७५ | ५.७५ |
| प्राइम कमर्सियल | ६.२५ | ६.०० |
| कुमारी | ५.७१ | ५.४१ |
| सानिमा | ६.३३ | ६.१८ |
| हिमालयन | ५.५० | ६.०० |
| नेपाल एसबीआई | ५.५० | ५.३५ |
| इन्भेस्टमेन्ट मेगा | ५.५० | ५.२५ |
| एनएमबी | ६.०० | ६.०० |
| सिटिजन्स | ५.६५ | ५.५० |


































