National life

साउन २२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
449Shares
साउन २२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
ncell

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो ।

सहज ढंगले बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सत्ता पक्ष प्रमुख सचेतकको आग्रहमा प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

विशेष कारण प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन गरिएको संघीय संसदमा महासचिव डा।भरतराज गौतमले जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टलबढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।

s

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?