National life

साढे ७ किलो सुनसहित रसुवाबाट २५ वर्षीय कुमार भुजेल पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
662Shares
साढे ७ किलो सुनसहित रसुवाबाट २५ वर्षीय कुमार भुजेल पक्राउ
ncell

काठमाडौँ । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका २ टिमुरेबाट ७ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चीनको केरुङ नाकाबाट काठमाडौँतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकमा उक्त अवैध ७ किलो सुन फेला पारेको प्रहरीले जनाएको छ। बा ४ ख ६२०२ नम्बरको ट्रकमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सुन बरामद गरिएको सहायक प्रहरी प्रमुख राजु शाहले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।

उक्त सुनसहित अन्दाजी २५ वर्षका चालक रसुवा जिल्ला निवासी किशोर भुजेललाई लाई समेत नियन्त्रणमा लिएको शाहले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुन विशेष सुराकीको आधारमा बरामद गरिएको उनको भनाई छ ।

हाल उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको टिमुरे प्रहरी चौकीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बरामद गरिएको वस्तु सात वटा बिस्कुटको रूपमा रहेको र त्यसलाई भन्सार कार्यालयमा पठाइएको र सुनको वास्तविक मात्रा र प्रकृति पुष्टि हुन बाँकी रहेको जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?