National life

सानिमा बैंकको नाफा ४२% ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|११ वैशाख २०८३, शुक्रबार
933Shares
सानिमा बैंकको नाफा ४२% ले बढ्यो, सबै सूचकमा मार्यो छलाङ्ग
ncell

काठमाडौँ। सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार बैंकले यस अवधिमा २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चुनौतीपूर्ण आर्थिक परिवेशका बीच पनि बैंकको समग्र व्यवसायिक प्रदर्शन सकारात्मक देखिएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब २८ करोड रुपैयाँको तुलनामा २०।४८ प्रतिशतले वृद्धि भएको हो। तर, वितरणयोग्य मुनाफा भने केही घटेको छ। हाल यस्तो मुनाफा २ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ थियो। यसले गर्दा बैंकको लाभांश वितरण क्षमता पनि सामान्य रूपमा घट्दै १८.९२ प्रतिशतबाट १८.५७ प्रतिशतमा झरेको छ।

बैंकको सञ्चित नाफा ९रिटेन्ड अर्निङ० भने २ अर्ब १० करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, रिजर्भ कोष पनि ७ अर्ब ३४ करोड रुपैयाँबाट वृद्धि भई ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि १ अर्ब ३६ करोड रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। यद्यपि, खराब कर्जा अनुपात भने ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत पुगेको छ।

यस अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २२.९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २०१८.८४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १५.२७ गुणा तथा तरलता अनुपात २७.५५ प्रतिशत कायम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?