National life

सानिमा रिलायन्स लाइफको सीप विकास कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
472Shares
सानिमा रिलायन्स लाइफको सीप विकास कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि सीप विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम गत जेठ ३१ र असार १ गते बर्दियास्थित एक रिसोर्टमा आयोजना गरिएको थियो।

अभिकर्ताहरूलाई थप दक्ष र प्रभावकारी बनाउन कम्पनीले भारतका ख्यातिप्राप्त मोटिभेसनल स्पिकर तथा सेल्स ट्रेनर विजय कुमार झालाई विशेष प्रशिक्षकका रूपमा आमन्त्रण गरेको थियो। झा भारतकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) सँग आबद्ध रहँदै दीर्घ अनुभव र प्रतिष्ठा आर्जन गरिसकेका व्यक्तित्व हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भारत लगायत विश्वका विभिन्न देशहरूमा प्रभावशाली प्रशिक्षण प्रदान गर्दै आएका छन्।

कार्यक्रममा झाले जीवन बीमाको उद्देश्य, ग्राहकको मनोविज्ञान बुझ्ने तरिका, ग्राहकसँग सम्बन्ध विस्तार, आपत्ति समाधान गर्ने उपाय र दीर्घकालीन सम्बन्ध सुदृढ बनाउने व्यावहारिक विधिहरूमा केन्द्रित प्रशिक्षण दिनुभयो । प्रशिक्षणले अभिकर्ताहरूलाई आफ्ना बिक्री सीप निखार्न, आत्मविश्वाससहित ग्राहकसँग संवाद गर्न र कम्पनीको व्यवसायिक लक्ष्य हासिल गर्न प्रेरित गरेको छ।

कार्यक्रममा ८० भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको थियो। साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू तथा सुदूरपश्चिम, कर्णाली, बाँके र बर्दियाका शाखा र उपशाखाका कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रशिक्षणको महत्त्व र यसको व्यवहारिक उपयोगितामाथि प्रकाश पार्दै सिकाइएका सीपहरूलाई प्रत्यक्ष कार्यमा उतार्नुपर्नेमा जोड दिनुभयो। उहाँले कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा यी सीपहरूले उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृत कंडेलले यस्तो सीप विकास कार्यक्रमले अभिकर्ताहरूलाई व्यावहारिक ज्ञान र आत्मविश्वास प्रदान गर्ने उल्लेख गर्दै बीमालेख बिक्री दर वृद्धिसँगै ग्राहक सन्तुष्टि र कम्पनीको दीर्घकालीन सफलता तथा प्रतिस्पर्धात्मक क्षमता सुदृढ हुने बताउनुभयो।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?