National life

सामान्य मूल्यले घट्यो अमेरिकी डलर, अन्य मुद्राको विनिमय दर यस्तो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
556Shares
सामान्य मूल्यले घट्यो अमेरिकी डलर, अन्य मुद्राको विनिमय दर यस्तो
ncell

काठमाडौं । विगत चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबार) १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ २४ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ९० पैसा र खरिददर १३६ रुपैयाँ ३० पैसा कायम भएको थियो ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ८४ पैसा र खरिद दर १७९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुवेती १ दिनारको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै बहराइन १ दिनारको खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा रहेको छ । ओमानी १ रियालको खरिददर ३५३ रुपैयाँ ८९ पैसा रहँदा बिक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?