काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ऐतिहासिक सफलता प्राप्त गरेको छ । यस कम्पनीले कुल साढे सात अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ ।
आफ्नो स्थापनाको ८ वर्षको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले आव २०८१–८२ मा ७ अर्ब ५१ करोड रुपैयाँ व्यवसाय भित्र्याएर सर्वाधिक व्यवसाय गरेको वर्षको रेकर्ड स्थापित गरेको छ । ।
सिटिजन लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ। आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा कम्पनी आशावादी भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको भनाई छ ।
कम्पनीको नीतिगत र व्यवसायीक रणनीति तथा क्षमतावान् कर्मचारीको शतप्रतिशत कार्यसम्पादनका साथै अभिकर्ताको मिहिनेतले उक्त सफलता हासिल गरेको पौडेलका भनाई छ । कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी, अभिकर्ता तथा स्टेक होल्डरहरुकै सफलता भएको जानकारी दिएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्व स्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलको भनाई छ ।





































