National life

सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
457Shares
सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने
ncell

काठमाडौँ । सिद्धार्थ बैंकले यही असार २९ देखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। जसमा १५ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो।

Royal Enfield
nic asia capital

१० वर्षे अवधिको यस ऋणपत्र २ अर्ब ५० करोड रुपैयाँ बराबरको छ । जसमा १ अर्ब रुपैयाँको ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याएको छ । न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७.२५ प्रतिशत ब्याज पाउने छन् । यो ब्याज हाल बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिएकोभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशतसम्मको ब्याज दिँदै आएका छन् ।

ऋणपत्रमा छिटोमा असार ३२ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रूपमा बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । यस्तो ऋणपत्रलाई इक्रा नेपालले बीबीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो ऋणपत्र दोस्रो बजारमा पनि कारोबारमा आउने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?