काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (जेठ ३० गते) छापावाल सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।
यता चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार १ सय ५० रुपैयाँ थियो ।































