काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३ हजार ७०० रुपैयाँले घटेको छ।
सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँका दरले किनबेच भइरहेको महासंघले जनाएको छ।






































