काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको अवस्था छ । हिजो सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको थियो भने आज पनि वृद्धिको क्रम जारी रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको अवस्था छ ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

































