काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

































