काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ।
आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
































