काठमाडौँ । आज बुधवार सुनको मूल्यमा चमत्कारिक वृद्धि भएको छ । एकै दिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ ।
मङ्गलवार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
मङ्गलवार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।

































