काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
यस दिन चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

































