काठमाडौँ । नेपाली बजारमा आज साताको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।































