काठमाडौँ । नेपाली बजारमा आज बुधवार सुनको मूल्य स्थिर रहेको छ । हिजो घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै , आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
































