काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य अंकले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। यससँगै आज सुन तोलामा १ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ। गत शुक्रवार सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउमा समेत वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो। आइतबार चाँदी तोलाको २१ सय ६० रुपैयाँ कायम भएको छ। गत शुक्रवार चाँदी तोलाको २१ सय ५० रुपैयाँमा किनबेच भएको थियो।































