काठमाडौँ । अघिल्लो दिन (आइतबार) तोलामा ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार आइतबारकै मूल्य कायम भएको छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन समेत यहीँ मूल्य कायम भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य समेत स्थिर रहेको छ । आज प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































