National life

सुनचाँदी व्यवसायीले रोके आन्दोलनका कार्यक्रम, असार मसान्तसम्मको अल्टिमेटम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
522Shares
सुनचाँदी व्यवसायीले रोके आन्दोलनका कार्यक्रम, असार मसान्तसम्मको अल्टिमेटम
ncell

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले हालका लागि आफ्नो आन्दोलन स्थगित गरेका छन्। सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमार्फत सुनका सम्पूर्ण गहनामा लगाएको २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग गर्दै उनीहरूले आन्दोलन गर्दै व्यवसाय बन्द गरेका थिए।

तर, आज (बिहीबार) देखि उनीहरूले व्यवसायहरू सञ्चालनमा ल्याएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बिहीबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम हाललाई स्थगित गरिएको र असार मसान्तसम्म पनि माग पुरा नभए कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

Royal Enfield
nic asia capital

सुनको मूल्य आफैँ बढ्दै जाँदा सरकारलाई राजस्व पनि स्वतः वृद्धि हुने भएकाले अनावश्यक कर लगाएर कालोबजारी र अवैध कारोबारलाई प्रोत्साहन नगर्नु उपयुक्त हुने व्यवसायीहरूको भनाइ रहेको छ।

पहिले १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता कर लाग्ने व्यवस्था थियो। तर अब जुनसुकै मूल्यका सुन वा गहनामा पनि २ प्रतिशत विलासिता कर लागू गरिएको छ।

बैंक वा थोक विक्रेताले ढिक्का सुन बेच्दा समेत यो कर लाग्ने भएपछि गहनामा कम्तीमा ६ प्रतिशतसम्मको बोझ पर्ने व्यवसायीहरूको भनाइ छ।

असार मसान्तसम्म माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा जाने तयारी व्यवसायीहरूले जनाएका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?