National life

सुप्रिम सहकारी ठगी प्रकरण: रवि १० बजे अदालत हाजिर हुँदै, थुनछेक बहस आजै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
493Shares
सुप्रिम सहकारी ठगी प्रकरण: रवि १० बजे अदालत हाजिर हुँदै, थुनछेक बहस आजै
ncell

काठमाडौँ । सुप्रिम सहकारीको रकम ठगी मुद्दामा अभियोग लागेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने हिजो बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका छन् ।

बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बयान सकेपछि लामिछानेलाई परिवार र प्रतिवादीका वकिलको जिम्मामा रिहा गर्ने आदेश दिएको थियो ।

बुधबार सुरु भएको बयानमा लामिछानेले अभियोग अस्वीकार गरेका थिए। उनले गोर्खा मिडियाको आर्थिक व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी कम्पनी अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राईको रहेको दाबी गरेका छन् । बयानको अन्त्यमा उनले अदालतलाई सहयोग गर्न आफैँ उपस्थित भएको उल्लेख गर्दै आजको थुनछेक बहसका लागि जिम्मामा छोड्न अनुरोध गरेका थिए।

Royal Enfield
nic asia capital

अदालतले लामिछानेलाई आज बिहान १० बजे पुनः उपस्थित हुने सर्तमा हिरासतबाहिर रहन अनुमति दिएको हो । अब सरकारी वकिल पक्षबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्ता भण्डारी, प्रेमराज पौडेललगायतले बहस गर्नेछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ। अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?