National life
cg eloctronics

सूर्यज्योति लाइफद्धारा एक वर्षमा हजार प्लस करोड प्रिमियम कलेक्सन, व्यापार १९.८५ % ले बृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
571Shares
सूर्यज्योति लाइफद्धारा एक वर्षमा हजार प्लस करोड प्रिमियम कलेक्सन, व्यापार १९.८५ % ले बृद्धि
muktinatha bikash bank

काठमाडौँ। नेपालको उत्कृष्ट बीमा कम्पनीहरूमध्ये एक स्थापित बीमा कम्पनीको परिचय बनाएको विश्वासिलो जीवन बीमा कम्पनी सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार प्लस प्रिमियम कलेक्सन गर्न सफल भएको छ।

सङ्कल्प अटुट विश्वासको बाचा उत्कृष्ट सेवाको भन्ने मूल भरोसाका साथ आफ्नो यात्रा सुरु गरेको सूर्यज्योतिले आजको दिनसम्म ३४ लाख बीमितको सपना सुनिश्चित गर्दै आएको छ । देशभर १ सय ७३ शाखा र १ लाख अभिकर्ता जोडिएको यस बीमा कम्पनीले १७वर्षे लामो यात्रामा पहिलो पटक एक आर्थिक वर्षमै एक हजार करोडको कुल बीमा शूल्क संकलन गर्दै अर्को कोशेढुंगाा पार गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले एक भिडियो  सामाग्री सार्वजनिक गर्दै यस किसिमको यात्रामा मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समिति, सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरू, नियामक निकायहरू तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबै सरोकारवालाहरूमा धन्यवाद  प्रकट गरेका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले हासिल गरेको यो उपलब्धिले बीमा बजारलाई दिशानिर्देश प्रदान गरेको कम्पनीको भनाई छ। आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा सूर्यज्योति विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीको भनाई छ ।

साथै, कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा ११ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले ९ अर्ब ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको व्यापार १९.८५ प्रतिशतले बढेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?